अमेरिका ।
प्रविधि कम्पनी एप्पलले सन् २०२० को अन्तिम तीन महिनामा महामारीका बाबजुद १ खर्ब ११ अर्ब अमेरिकी डलरको पछिल्ला फोनहरु, ल्यापटप र ग्याजेट बिक्री गरेको छ । एप्पलले उत्पादन बिक्रीपछि गरेको यो आम्दानी सन् २०१९ को सोही अवधिभन्दा २१ प्रतिशतले बढी भएको बीबीसीले जनाएको छ ।
महामारीका बेला लकडाउनलगायतका कारण धेरै क्रियाकलापहरु अनलाइनमा जाँदा नयाँ प्रविधिजन्य उपकरणको माग बढेकोले एप्पलले धेरै परिमाणको बिक्री गरेको हो । विश्वमा एप्पलका १ अर्ब ६५ करोडभन्दा धेरै सक्रिय डिभाइसहरु रहेका छन् । तीमध्ये १ अर्ब बढी त आईफोन मात्रै छन् । एप्पलले भर्खरै आईफोन १२ विश्वबजारमा ल्याएको थियो ।
एप्पलका अनुसार चीनमा कम्पनीको उत्पादन बिक्री बलियो छ । त्यस्तै फाइभजी चल्ने फोनको खोजी सुरु हुँदा एप्पलको पछिल्लो फोनको बजार माग पनि बढेको छ । चीन, हङकङ र ताइवानमा मात्रै कम्पनीको बिक्री ५७ प्रतिशतले बढेको छ भने युरोपमा १७ प्रतिशत र अमेरिकामा ११ प्रतिशतले बिक्री बढेको छ ।