नयाँ दिल्ली ।
भारतमा चार दिनयता सुनको मूल्य ओरालो लागिरहेको छ । दिल्ली सर्राफ बजारमा बिहीबार सुन १०९ भारु सस्तिएर ४८ हजार १ सय ८३ भारु प्रति १० ग्राम मूल्यमा कारोबार भएको हो । पछिल्लो कारोबार बन्द हुँदा प्रति १० ग्राम ४८ हजार ३ सय ९२ भारु रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतिकिलोग्राम एक सय ४६ भारु घटेर ६५ हजार ३१ भारुमा पुगेको छ । पछिल्लो पटक ६५ हजार एक सय ७७ भारु प्रतिकिग्रामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर १८ सय ४० दशमलव ७९ डलर प्रतिऔँसमा कारोबारा भएको छ । त्यस्तै चाँदी भने २५.१२ डलर प्रतिऔँस रहेको छ । भारतीय मिडियाहरुले सुन चार दिनयता लगातार घटेको बताएका छन् ।
अघिल्लो वर्ष सुनको मूल्य आकाशिएको थियो । गत वर्ष २८ प्रतिशतसम्म सुनको मूल्य बढेको थियो । गत अगस्टमा त सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । भारतमा मात्र नभई विश्व बजारमा नै सुनको मूल्य झण्डै २३ प्रतिशतसम्म महंगो भएको थियो । कोरोना महामारीका कारण सुनको मूल्य बढेकोमा अहिले भने घट्न थालेको छ ।