काठमाडौं ।
नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ एक गैर नाफामूलक संस्थाको सदस्यहरूको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । बैंकका अनुसार यो रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरूलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मदत पु¥याउनेछ । यसका साथै ती उद्यमीहरूले महासंघ (एफवीन) बाट वित्तीय सल्लाह र विकास सहयोग पाउनेछन् । यस साझेदारअन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ
निरजकुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र श्रीमति रीता सिम्हा, अध्यक्ष, महासंघले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, ‘नबिल बैंकले महिला सशक्तीकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पु-याउने कार्यमा अगाडि बढेको छ ।
हामीले महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋण कर्जाहरू प्रदान गर्ने उद्देश्य राखेका छौँ । महासंघका सदस्यहरूको आवश्यकताअनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पु-याउन नबिल बैंक उत्साहित छ ।’
त्यस्तै महासंघकी अध्यक्ष सुश्री रीता सिम्हाले भनिन्, ‘महिलाको पूर्ण सहभागिताविना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तीय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंकप्रति कृतज्ञ छौँ ।’
नबिल बैंकको बारेमा : नबिल बैंकले हाल देशभर एक सय १९ वटा शाखाकार्यलयहरू, एक सय ८५ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथमा नबिल बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।
एफवीनका बारेमा : एफवीन एक गैरनाफामूलक संस्था, देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको सामूहिक प्रयासहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राख्दछ । एफवीन नेपाल महिला उद्यमी संघको केन्द्रीय निकाय हो र यसको बोर्डमा २७ सदस्य छन् । महासंघले अन्ततः महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक वृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको छ । अहिलेसम्म एफवीनमा २५ सयभन्दा बढी सदस्यता छ ।