काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले शुक्रबार काठमाडौँ, बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड(१९ महामारीको जोखिम कायमै रहेको र हालसालै नेपालमा कोभिड–१९ को नयाँ प्रजाति÷भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्यनजर गर्दै यस बैंकको वार्षिक साधारणसभा अनलाइन माध्यममार्फत सम्पन्न गरिएको थियो ।
सभाले बैंकको चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँमध्येबाट १२ प्रतिशतबराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा तीन प्रतिशतबराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँको नगद लाभांश प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको छ ।
साथै, बैंकको १९ सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट दिनेश शंकर पालिखेर अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।