काठमाडौं ।
घोडीघोडा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६४ लख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड १५ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९४ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड दुुई लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ९७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।