काठमाडौं ।
एभरेष्ट बैंकले धादिङको धार्केमा शाखा खोलेको छ । नेपालभर ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ एक सय स्थानीय शाखा सञ्जाल, ३१ राजस्व संकलन काउन्टर, एक सय ३१ एटीएमसहित मजबुत सेवा प्रदान गदै आइरहेको बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१औँ नयाँ शाखा खोलेको हो ।
बैंकले फराकिलो आन्तरिक तथा विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । सबै वर्ग तथा क्षेत्रहरूमा भरपर्दो बैंकिङ सुविधा पु-याउने प्रयास स्वरूप बैंकले देशका विभिन्न क्षेत्रहरूमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।
यसै सन्र्दभमा धादिङको धुनिबेसी नगरपालिका धार्केमा १०१औँ शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धिर कुमारले संयुक्तरूपमा उद्घाटन गरेका छन् । बैंकको यो नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, धुनिबेसी नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङलगायत बैंकका उच्च अधिकारीहरू, विभिन्न क्षेत्रका प्रतिनिधिहरू र ठूलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।
हाइवेसँगै रहेको यस शाखामा एटीएम सेवा २४ घन्टा खुला रहनेछ जसबाट ग्राहाकहरूलाई अझै सुविधा पुग्ने बैंकले विस्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरूले अब यस शाखामार्फत आधुनिक पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।