काठमाडौं ।
नेपाल बंगलादेश बैंकले डीसी कार्ड योजना सुरु गरेको छ । बैंकले विभिन्न पेसामा कार्यरत पेसागत व्यक्तिहरूलाई लक्षित गरी स–साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि डीसी कार्ड योजना ल्याएको हो । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउन सक्ने जानकारी गराएको छ ।
यस योजनामा ग्राहकहरूले कर्जाको सीमाअन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । साथै सीमाबाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् । हालसम्म बैंकले ९९ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।