काठमाडौं ।
सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमआ चार करोड ६० लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ७९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३० करोड १८ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३३ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड चार लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० करोड ४९ लाख ८१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७६ करोड ४९ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८१ करोड ६६ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ४५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १६ लाख दुई हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३१ प्रतिशत रहेको थियो ।