काठमाडौं ।
एनएमबी बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरू प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ । यसका लागि बैंकले विभिन्न रेष्टुरेन्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।
बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरू आफ्ना ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभर एक सय ८० शाखा, एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।