काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको जानकारी बैंकले दिएको छ । जोर्डनमा रहेका नेपालीहरूले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरूबाट नेपालमा रकम पठाउन सक्नेछन् । अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगाले जनाएको छ ।