अमेरिका
सामाजिक सञ्जाल ट्विटरले सन् २०२० को अन्तिम त्रैमासिकमा कीर्तिमानी राजस्व संकलन गर्न सफल भएको छ । यसलाई ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले कम्पनीको ‘एउटा असाधारण वर्ष’ भनेका छन् । सन् २०१९ को अन्तिम तीन महिनाको तुलनामा सन् २०२० को सोही अवधिमा कम्पनीले आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब २९ करोड अमेरिकी डलर पुगेको हो ।
जनवरीमा कम्पनीले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई प्रतिबन्ध लगाएको थियो । यो कदमले कम्पनीलाई नोक्सानी पुग्ने विश्लेषकहरुको अनुमान थियो । ट्विटरको चौथो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार विश्लेषकको अनुमानलाई पछि पार्दै कमाइ र राजस्व बढेको छ । डोर्सेका अनुसार ८० प्रतिशत ट्विटरका अडियन्स अमेरिकाबाहिर रहेका छन् ।