लन्डन । बियर कम्पनी हेनकेनले कुल कार्यशक्तिको १० प्रतिशत कटौती गर्ने घोषणा गरेको छ । कोरोना महामारीका कारण बिक्री घटेपछि रोजगारी कटौती गर्नलागेको कम्पनीले जनाएको छ । यसअनुसार आठ हजार रोजगारी काटिनेछन् । तीमध्ये केही आमस्टरडमस्थित मुख्य कार्यालयका पनि पर्ने कम्पनीको भनाइ छ । हेनकेनका प्रमुख कार्यकारी डल्फ भान डेन ब्रिन्कले गत वर्ष व्यवसायमा नराम्ररी धक्का पुगेको बतााए । लकडाउनले बारहरु बन्द भएको र कतिपय देशले रक्सीमै प्रतिबन्ध समेत लगाउँदा यस्तो अवस्था आएको कम्पनीले जनाएको छ ।