काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि मासिक किस्तामा छुट सुविधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डेमा आफूलाई मन पराउने मायालुलाई उपहार स्वरूप विभिन्न गरगहनाहरू दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरूलाई गरगहना खरिदको लागि मासिक किस्ता सुविधा ल्याएको छ ।
बैंकका अनुसार यो सुविधामा ग्राहकहरूले ४० हजारदेखि पाँच लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्नेछन् । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरूले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरूलाई दुुई महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।