काठमाडौं । नेपाल बंगलादेश बैंकले एटीएम विस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकना, स्थित आफ्नो ८१औं एटिएम औपचारिक रूपमा समुद्घाटन गरेको छ । उक्त एटिएमको औपचारिक समुद्घाटन बैकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले गरेका हुुन् । यो एटीएमसहित बैंकले ९९ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम बाट बैंकिङ सुविधा दिंदै जानकारी दिएको छ ।