काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा आठ करोड ७४ लाख ४७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ७५ रुपैयाँ आठ पैसा रहेको छ ।