काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सात दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँमध्येबाट सात प्रतिशतका दरले हुुन आउने सात करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत अर्थात ३९ लाख ८६ हजार आठ सय ४२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी कम्पनीको सञ्चालक समितिको यही फागुुन चार गते बसेको ९७औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समिति एवं कम्पनीको आगामी २३औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।