काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रूपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा बुधबारदेखि शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । उक्त सेवाको शुभारम्भ एक कार्यक्रमका बीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरेकी हुन् ।
यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ सेवा उपयोग गरी उनीहरूको आर्थिक समृद्धिमा समेत लाभ पुग्ने कुरालाई जोड दिए । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल आफ्ना एक सय २० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।