काठमाडौं । एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितिको यही फागुुन पाँच गते बसेको सञ्चालक समितिको चार सय १५औँ बैठकले प्रमुख कार्यकारी अधिकृत केसीलाई दोस्रो कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । बंैकका अनुसार प्रमुख कार्यकारी केसीको कार्यकाल यही फागुुन मसान्तसम्म मात्र रहेको थियो । उनको थप कार्यकाल यही चैत्र एक गतेदेखि लागू हुने र आगामी चार वर्षसम्मको लागि कायम रहने बैंकले जानकारी दिएको छ ।