काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा ८० करोडको ‘कुमारी इक्वीटी फण्ड’ निष्काशन हुुने भएको छ । कुमारी क्यापिटल योजना व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० वर्षे बन्दमुखी योजना रहेको १० रुपैयाँ अंकित दरको आठ इकाइको कुमारी इक्वीटी फण्डमध्ये १५ प्रतिशत अर्थात् एक करोड २० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकको लागि सुरक्षित राखी बाँकी छ करोड ८० लाख यही फागुुन १४ गते शुक्रबारदेखि सर्वसाधारणहरूमा निष्काशन तथा बिक्री खुला हुने भएको हो ।
योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटल लिले इक्रा नेपालबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ । योजना सूर्यप्रसाद कोइराला, भरत राजपोखरेल, कृष्णप्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिनागरी पाँच जना विशिष्ट अनुभवप्राप्त कोष सुपरिवेक्षकहरूको सुपरिवेक्षणमा सञ्चालन हुनेछ ।
योजना व्यवस्थापकले बृहत् अध्ययन तथा विश्लेषणको आधारमा इकाइ बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरूमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरूको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु १० रुपैयाँबाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरणपश्चात्) सम्म २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभांश र पुँजी वृद्वि समेत गरी औसत प्रतिफल २२ प्रतिशत प्रक्षेपण गरिएको छ । सेयर बजारमा हुने उतारचढावबाट सिर्जना हुने जोखिमको न्यूनीकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना व्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरू एवं विभिन्न संस्थाहरूले यस योजनाको इकाइमा लगानी गरी धितोपत्र बजारबाट प्राप्तहुने लाभलिन सकिनेछ । निष्काशन गरिएको इकाइहरू बाँडफाँड गरेपछि दोस्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गरी कारोबार गर्ने व्यवस्था गरिनेछ ।
यो योजनाको इकाइमा आवेदन गर्नका लागिआफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । आवेदन गर्दा न्यूनतम एक सय इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदनदिन इच्छुक सर्वसाधारण तथा संस्थाहरूले मिति २०७७ फागुन १४ गतेदेखि अन्तिम मिति २०७७ फाल्गुन २८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोे छ ।