काठमाडौं ।
सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले नौ दशमलव ११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही फागुुन ११ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको गत आर्थिक वर्षको सञ्चिति मुनाफाबाट मर्जरपश्चात् कायम भएको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार एक सय ५० रुपैयाँमध्येबाट नौ दशमलव ९१ प्रतिशतको अनुपातमा दुई करोड १४ लाख ४४ हजार तीन सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले उक्त बोनस सेयरको कर प्रयोजनको लागि शून्य दशमलव ४७ प्रतिशतले हुुनआउने ११ लाख २८ हजार छ सय ५० रुपैयाँबराबरको नगद लाभांश समेत वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।