काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दसमलव ८५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संंस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँमध्येबाट आठ दशमलव ८५ प्रतिशतले हुुन आउने दुई करोड ३३ लाख १५ हजार एक सय ४८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी संस्थाको यही फागुन १२ गते बसेको ९९औँ सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।