काठमाडौँ ।
पोखरा फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड ६८ लाख ८६ हजार एक सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ६४ लाख ८२ हजार चार सय २२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९१ करोड ७२ लाख ८१ हजार सात सय चार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आठ अर्ब ६० करोड ४९ लाख ४५ हजार आठ सय २१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८७ करोड ७७ लाख २४ हजार तीन सय ३३ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ६२ लाख ८२ हजार सात सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३१ प्रतिशतको स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने दुई करोड ४१ लख ९८ हजार छ सय आठ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५० करोड ८३ लाख एक हजार पाँच सय ६६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९९ करोड ८६ लाख ४५ हजार नौ सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ५२ लाख १८ हजार आठ सय २७ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।