काठमाडौँ ।
घरेलु लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड तीन लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा सात करोड ८७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ करोड एक लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड आठ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ८२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन लाख ५३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ३५ प्रतिशत रहेको थियो ।