काठमाडौँ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले स्नेही काखलाई सहयोग गरेको छ । बैंकले विधिवत सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्नेही काखलाई तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
उक्त आवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलगायतको उपस्थिति रहेको थियोे । मानसिक एवं शारीरिकरूपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवायुवती, वृद्धवृद्धालगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिँदै आएका छन् । बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।