काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले आगामी चैत १८ गते आफ्नो १०औं वार्षिक साधारणसभाको आह्वान गरेको होे । संस्थाले उक्त सभामार्फत हाल कायम रहेको चुक्ता पुँजी तीन करोड ९६ लाख १४ हजार छ सय ६४ रुपैयाँमध्येबाट नौ दशमलव १९ प्रतिशतको अनुपातमा ३६ लाख ४४ हजार आठ सय ३५ रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९८ लाख चार हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ५३ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ९० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १७ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८० प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने आठ दशमलव ९० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९१ करोड ३२ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५२ करोड २० लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने एक करोड ९० लाख ८२ हजार रुपैयाँ रहेको थियो । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४८ प्रतिशत रहेको संस्थामा सात दशमलव ३२ प्रतिशतको स्प्रेड दर रहेको थियो ।