काठमाडौं ।
प्रभु बैंकले दियो वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैंकिङ ज्ञान प्रदान गरेको छ । बैंकका अनुसार आईतबार सिन्धुपाल्चोक जिल्ला तालमराङ गाउँपालिकास्थित तेर्से माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरूले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता, ज्ञान हासिल प्राप्त गरेका छन् ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरूलाई विभिन्न पाँच समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहलअन्तर्गतका विभिन्न विभागहरूको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार गराइएको थियो ।
स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरूका बारेमा विद्यार्थीहरूले बुझ्ने गरी प्रकाश पारेका थिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्रीहरू समेत प्रदान गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरूले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञासाहरू समेत राखेका थिए ।
बैंकले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु-याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरूमा प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरूमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय तहको बैंकिङ व्यावहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब आठ करोड ५७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६२ अर्ब दुई करोड ४८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब पाँच करोड ७४ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने ९९ करोड ९८ लाख पाँच हजार रुपैयाँ रहेको छ । सो अवधिमा दुई दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको बैकको स्प्रेड दर भने तीन दशमलव ६४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७७ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८३ प्रतिशत रहेको थियो ।
प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी व्यवस्थापनलाई क्यूआर कोड हस्तान्तरण
प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तरण गरेको छ । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् ।

यो सुविधासँगै मन्दिरमा भक्तजनहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।