काठमाडौं ।
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडब्लू इन्टरप्राइजेजको यामाहा द ह्विल्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियानको काम सुरु गरिएको छ । एमएडब्लु इन्टरप्राइजेजको सामाजिक कार्यका लागि गठित एमएडब्लु फाउण्डेसनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम) अन्तर्गत यो काम सुरु भएको हो ।
यामाहाको भक्तपुरको लागि आधिकारिक बिक्रेता यामाहा द ह्विल्स प्रालिको एक डिलर एक इनिसियसन योजनाअन्तर्गत यामाहा भक्तपुरको अगुवाइमा यो काम सुरु भएको हो । यो काममा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन् । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको थियो । हरिायाली कायम गर्न वृक्षरोपण तथा दुबो रोपिएको थियो ।
यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शोरुम सल्लाघारी भक्तपुरका प्रबन्धनिर्देशक सुरेश कवांंले आफनो ठाउँं आफैं बनाऔं भन्ने हिसाबले सबैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको दुई सय मिटरको राजमार्गको उत्तरतिरको राजमार्ग छेउमा हरियाली प्रवर्द्धन गर्न वृक्षरोपण र दुबो रोपिएको जानकारी गराए । योजनाअन्तर्गत पहिलोपटक हेज जातको ७० वटा र गोल्डेन धूपी जातका २० वटाको वृक्षरोपण गरिएको छ । साथै करिब दुई हजार वर्ग फिट दुबो रोपिएको छ ।