काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको नियुक्ति गरेको हो । यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा अर्थ मन्त्रालयको प्रस्तावमा उनीहरुलाई नियुक्त गरिएको हो ।