काठमाडौं ।
माछापुच्छ्रे बैंकले लुुम्बिनीमा पनि क्यूआर कोड र वि च्याट–पे सेवा सुरु गरेको छ । बैंकका अनुसार लुम्बिनी भ्रमणमा आउने पर्यटकले प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने गरी उक्त सेवा सुरु गरिएको हो ।
विशेषगरी चाइनिज पर्यटकले भने वि च्याट–पेको माध्यमबाट सहयोग गर्नसक्ने बैंकले जानकारी दिएको छ । बैंकले हाल देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्पलेक्सलगायतमा उक्त सेवा दिँदै आएको छ । अन्य क्षेत्र पनि पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्य रहेको बंैकले जानकारी दिएको छ ।