काठमाडौं ।
स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आगामी चैत ८ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । स्वदेशी लघुवित्तले दिएको जानकारीअनुसार मर्जरमार्फत दुई संस्थाले एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।
मर्जरको लागि दुवै संस्थाले छुुट्टाछुट्टै रूपमा गत माघ ४ गते वार्षिक साधारणसभा सम्पन्न भएको गरेका थिए । उक्त सभाले स्वीकृत गरेको मर्जरसम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही फागुन २० गते र कम्पनी रजिस्टर्डको कार्यालयले यही फागुन २५ गते स्वीकृति दिएको हो । सोही आधारमा दुवै संस्थाले मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने मिति घोषणा गरेका हुन् ।