काठमाडौं ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २६ करोड ८७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ३९ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड एक लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८९ लाख ८६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २३ करोड तीन लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ६५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड १९ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।