काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । बैंकले यही चैत १ गतेबाट लागू हुनेगरी सम्पूर्ण व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको हो । बैंकले नयाँ तथा पुराना ग्राहकहरूको लागि व्यावसायिक कर्जामा रहेको तीन दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई दुई दशमलव ७५ प्रतिशत मात्रै हुनेगरी तोकेको हो ।
बैंकले हाइपोथिकेसन, ओभर ड्राफ्ट, डिमान्ड लोन, चालू पुँजीजस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा दुई सय ४७वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।