काठमाडौं ।
सेयर बजार परिसुचन पुन उकालो लागेको छ । अघिल्लो दिन ४० अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ४२ दसमलव ९५ अंकले उकालो लागेर २४ सय ७५ दसमलव नौ अंकमा पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्ढेक्स पनि पाँच दसमलव ५५ अंकले उकालो लागेर चार सय ४४ दसमालव १५ अंकमा चढेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय १३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५६ हजार सात सय ४२ पटकको कारोवारमा एक करोड १६ लाख ५७ हजार नौ सय ७५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम भने चार अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये ट्रेडिङ उपसमुहको सुचक घटेर बाँणिज्य बैंक, बिकास बैंक, लघुबित्त, जीवन बीमा, निर्जिवन बीमा, सहितका १२ वटा उपसमुहको सुचक भने उच्च अंकले बढेकाछन ।