काठमाडौं, पुस २५ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमादाबी भुक्तानी गरेको छ । कम्पनीले यही पुुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अनुसार बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र किरीया खर्च रकमबापत एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजार रूपैयाँको चेक उपलब्ध गराएका हुुन् । साथै कम्पनीद्वारा नेपालगन्जमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।