काठमाडौं ।
पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई तीव्ररूपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोन–पे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआरमार्फत भुक्तानी गर्दे डिजिटल मलेखु बजारको उद्घाटन गरेका हुुन् ।
उनले विभिन्न व्यवसायीहरूलाई क्यूआर कोड समेत हस्तान्तरण गरेका थिए । योसँगै मलेखुका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको सम्बन्ध नयाँ उचाइमा पु-qयाउने बताए ।
व्यवसायीहरूले बैंकिङ माध्यमबाट कारोबार गर्दा उनीहरूलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए । कार्यक्रममा एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यो बजारलाई डिजिटल बजारकारूपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए ।