काठमाडौं ।
सिभिल बैंकले ‘ग्लोबल मनी वीक’ मनाउने भएको छ । ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले ग्लोबल मनी वीकको उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना गर्दै मनाउँदै छ । बैंकले ग्लोबल मनी वीकको सात दिनमा प्रदेशको रोलक्रमअनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजन गर्ने जनाएको छ ।
यसअन्तर्गत चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने बैंकले जनाएको छ । यसैगरी चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरूमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी गर्नेछ । यसैगरी चैत्र ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने तयारी बैंकले गरेको छ ।
बैंकले चैत्र १२ गते भने गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ भने चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ । यसैगरी चैत्र १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गर्ने छ भने चैत्र १५ गते सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ । वित्तीय साक्षरता कार्यक्रमहरूमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबारका माध्यमहरूका फाइदाहरूका बारेमा श्रव्यदृश्य सामग्रीसहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ ।