जनकपुरधाम, पुस २७ नदी उत्खनन गरेर बालुवा, ढुंगा, गिट्टी निकाल्ने समूहले जनकपुरमा मिथिला नगरपालिका–५ श्रीनगरका दिलिप महतोको हत्या गरेको छ । टिप्परले ठक्कर दिएर शुक्रबार बिहान उनको हत्या गरिएको हो । हत्यामा संलग्न भएको आशंकामा जनकपुर प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ । उनलाई किचेर हत्या गर्ने ना.७ख ६४१३ नम्बरको टिप्परका चालक महोत्तरी बर्दिबासका मुनिन्द्र महतो र अर्का चालक महोत्तरी बर्दिबासकै जितेन्द्र कुमार महतो पनि पक्राउ परेका छन् । दिलिपलाई बोलाएर उक्त खोलामा लैजाने रोशन यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।