काठमाडौं ।
सद्धार्थ बैंक लिमिटेडले यही चैत १३ गते शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गर्ने भएको छ । यो सुविधा सञ्चालनपश्चात् सिद्धार्थ बैंकका ग्राहकहरूले नेपाली रुपैयाँलाई अमेरिकी डलर पाँच सय वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन् ।
कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर पाँच सय वा सोबराबरको परिवत्र्य मुद्राजम्मा गर्न सक्नेछन् । बैंकले ल्याएको यस सुविधाले ग्राहकहरूलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढी सुविधाजनक बनाउने र बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनेछ ।