सनफ्रान्सिस्को ।
अमेरिकी चिप कम्पनी इन्टेलले अमेरिकामा २० अर्ब डलर खर्च गरेर दुईवटा नयाँ चिप प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले मंगलबार यसबारे जानकारी दिएको एएफपीले जनाएको छ । अमेरिका र युरोपमा उत्पादन बढाउन एरिजोनामा प्लान्ट स्थापना गर्नलागेको कम्पनीले बताएको छ । विश्वभर चिप अभावको सामना भएपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ । एसियाली प्लान्टको निर्भरता घटाउन ती क्षेत्रमा प्लान्ट स्थापना गर्नलागेको हो ।
सेमिकन्डक्टर चिप कारजस्ता वस्तुमा प्रयोग हुन्छ । इन्टेलका प्रमुख कार्यकारी प्याट गेलसिंगरले कम्पनीको रणनीति सार्वजनिक गर्नेक्रममा वेबकास्टबाट उक्त योजना सार्वजनिक गरेका हुन् । कम्पनीले धेरैजसो चिप आफैँले बनाउने समेत बताएको छ ।