न्यापित ।
म्यान्मारमा सैन्य सरकार बनेयता भएको प्रदर्शनमा एकैदिन सर्वाधिक मानिस मारिएको दाबी गरिएको छ । बीबीसीले कम्तीमा पनि ८९ जनाको मृत्यु भएको समाचारमा जनाएको छ ।
गत महिना त्यहाँको सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको थियो । शनिबार मारिनेमा बालबालिका समेत रहेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्राइजनर्स (एएपीपी)ले जनाएको छ ।
सेनाले प्रदर्शन नगर्न दिएको चेतावनीको बेवास्ता गर्दै विरोध जारी गरेपछि गरिएको दमनमा उक्त संख्यामा हताहती भएको बताइएको छ । अमेरिका, बेलायत र युरोपेली संघले हिंसाको विरोध गरेका छन् । पछिल्लो मृत्युसँगै फेब्रुअरीयता जारी प्रदर्शनमा चार सयभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ ।