काठमाडौ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन पाँच दसमलव ४५ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने ३२ दसमलव १५ अंकले उकालो लागेर २५ सय ७५ दसमलव ६६ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव १९ अंकले उकालो लागेर चार सय ५६ दसमलव १० अंकमा चढेको छ । आज धितोपत्र बजारमा १३ वटा उपसमुह अन्तर्गतका दुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६८ हजार छ सय ४५ पटकको कारोवारमा एक करोड २२ लाख नौ हजार नौ सय ७६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंंदा कुल कारोवार रकम छ अर्ब १८ करोड ५६ लाख ७९ हजार चार सय ९८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये ट्रेडिङ र उत्पादनमुलक उपसमुहरुको सुचक घटेकाछन भने बााँणिज्य बैंक, बिकास बैंक, लघुबित्त, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहको सुचकहरु भने बढेकाछन ।