काठमाडौं, पुस २७
गरिमा विकास बैंकले रुपन्देहीको मुर्गियामा पनि शाखा विस्तार गरेको छ । देशभर वित्तीय पहुंच विस्तार गर्ने उदे्श्य अनुरुप उक्त स्थानमा शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त क्षेत्रमा खोलिएको शाखाले सो क्षेत्रको वित्तीय पुँजी परिचालनको लागि महत्वपुर्ण योगदान दिने बताएका थिए ।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृ गोविन्द प्रशाद ढकालले बैंकले उक्त शाखाबाट आधुनिक सुबिधा सहित सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने बताएका थिए । बैंकले हाल काठमाडौ उपत्यकाभित्र १०वटा शाखा सहित देशभर ९०वटा शाखा, ५१वटा एटीएम काउन्टर र १० हजार गरिमा रेमिटका एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यही पुसको दोस्रो सातासम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संंकलन गरी ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्र्रवाह गरेको छ ।