काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव देशव्यापीरूपमा विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले शनिबार काठमाडौँको पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना समेत गरेको थियो ।
पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारीहरू र एक सय ५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।