काठमाडौं, पुस २७ रिलायन्स फाइनान्सले पाँच करोड ४७ लाख ६४ हजार दुई सय १४ रुपैयाँ ६७ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफाबाट कर सहित प्रति सेयर छ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्वन्धी सञ्चालक समितीको यही पुस २३ गते बसेको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । फाइनान्सको ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।