काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । संस्थाले साताको पहिलो कारोबार दिन आइतबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १२ सय ९१ रुपैयाँ तोकेको हो । पछिल्लो पटक भने संस्थाको प्रतिकित्ता १४ सय २० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो ।