सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वइ -याकप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर काठमाडौँ सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका–२ घर भएका १९ वर्षीय सुशील भण्डारीको आइतबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई सदाबहार खाडीचौर हुँदै इन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।