काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–६ सेराफाँट गोरखाली पुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको तीन थान छालासहित सोही नगरपालिका गात्तीगौडा बस्ने पाँचथर नगी गाउँपालिका–१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त छालासहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।