काठमाडौं । एनसीसी बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्टार नियुक्त गरेको छ । बागबजारस्थित रजिस्ट्रार कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोबार गर्ने वित्तीय संस्था हो । उक्त सम्झौतामा राजेशराज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) यही चैत १२ गते सम्झौता गरेको हो ।