काठमाडौं ।
सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नसक्ने सुविधा सञ्चालनमा ल्याएको छ । सानिमाका ग्राहकहरूले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन केवाईसीमा अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन् ।
यद्यपि मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चेसहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरूले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नुपर्नेछ । बैंकमा उपस्थित नभई आफूअनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरैभन्दा धेरै ग्राहकवर्गहरूलाई लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।