काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकका अनुसार पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका अनुसार खालिङ एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत हुने पहिलो नेपाली नागरिक हुन् । यसअघि एभरेष्टमा भारतीय नागरिक प्रमुख कार्यकारी अधिकृत रहने गरेका थिए । नवनियुक्त प्रमुख कार्यकारी खालिङसँग सिटिजन्स बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका संस्थाहरूमा काम गरेको अनुभव रहेको छ । बैंकिङ क्षेत्रमा झण्डै दुई दशकको अनुभव हासिल गरिसकेको खालिङ कुशल बैंकरको रूपमा चिनिँदै आइएका छन् ।